दफा ३७
कारबाहीको लागि लेखी पठाउने
(१) विभाग वा कार्यालयले यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षण गराउँदा यस ऐन विपरीत काम कारबाही भएको देखिएमा त्यसरी अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणमा जाने अधिकारीले आवश्यक कारबाहीको लागि आफूले प्राप्त गरेको प्रमाण तथा विवरण सहित सम्बन्धित खाद्य निरीक्षण अधिकारी समक्ष प्रतिवेदन पठाउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्राप्त प्रतिवेदन समेतको आधारमा खाद्य: निरीक्षण अधिकारीले मुद्दा चलाउने कारबाही प्रारम्भ गर्नेछ।